logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गर्मी बढ्दोक्रममा, जनजीवन प्रभावित


  • उज्यालो अभियान

लालबन्दी, ०९ बैशाख – सर्लाहीसहित तराई क्षेत्रमा क्रमिकरुपमा गर्मी बढ्दै जान थालेको छ ।

यहाँ हिजोबाट गर्मी असाध्य बढेको हो । आज पनि बिहानैदेखि गुम्म भएर असाध्य गर्मी हुँदा मानिस प्रभावित भएका छन् । केही दिनअघि पानीपछि चर्को घाम लाग्न थालेर जमिन तातेसँगै गर्मी बढेको हो ।

गर्मीसँगै अहिले लामखुुट्टे असाध्य लाग्दा जनजीवन झनै प्रभावित बनेको छ । किसान, मजदुर तथा बाहिर निस्किएर काम गर्नुपर्नेहरु गर्मीबाट प्रभावित बन्न थालेका छन् ।

अब गर्मी चढेसँगै गर्मीजन्य स्वास्थ्य समस्या देखिने भएकाले सावधानी अपनाउन चिकित्सकको सुुझाव छ । यो बेलामा अत्यधिक टाउको दुुख्ने, शरीर थकित्त हुने, चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या हुने भएकाले घाममा ननिस्कन, शित्तल स्थानमा बस्न, प्रशस्त पानी पिउन र गर्मीबाट जोगिने उपाय अपनाउनुपर्ने चिकित्सकको भनाई छ ।

तराई क्षेत्रमा अब साउन/भदौसम्म नै गर्मी चढ्दै जाने छ ।