logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दीका पुराना फोटोग्राफर घिमिरे र पौडेल सम्मानित


  • उज्यालो अभियान

लालबन्दी, ०७ बैशाख – लालबन्दी नगर फोटोग्राफी व्यवसायी संघले लालबन्दीमा फोटोग्राफीको काम गर्ने दुुई जना पुराना व्यक्तिलाई सम्मान गरेको छ ।

संघले लालबन्दीको फोटोग्राफी क्षेत्रका ऐतिहासिक अग्रज व्यक्ति भनी लालबन्दी ७ निवासी ध्रुवप्रसाद घिमिरे र लालबन्दी ७ कै रोहितप्रसाद पौडेललाई सम्मान गरेको हो । घिमिरे अहिले नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाको सभापति र पौडेल पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् ।

हिजो लालबन्दी ७ स्थित क्यानभास फोटो स्टुडियोमा आयोजित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान–पत्रसहित सम्मान गरिएको हो । सोही अवसरमा पहिलो पटक लालबन्दी नगर फोटोग्राफी व्यवसायी संघको भित्तेपात्रो (क्यालेण्डर) बिमोचन गरिएको छ ।

संघका नगर अध्यक्ष मदनकुमार पौडेलको अध्यक्षता तथा सर्लाही जिल्ला फोटोग्राफी संघका अध्यक्ष खेमराज बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगर फोटोग्राफी व्यवसायी संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, बरहथवा नगर फोटोग्राफी व्यवसायी संघका अध्यक्ष सीताराम राय यादव, सर्लाही जिल्ला फोटोग्राफी संघका सल्लाहकार लक्ष्मण राय र लालबन्दी नगरपालिकाभित्र पेशा गरिरहेका फोटोग्राफीहरुको उपस्थिति रहेको थियो ।