कविलासी, ०३ बैशाख – सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरमा आगलागीबाट गोठमा बाँधिएको चौपाय जलेका छन् ।
लामखुुट्टे धपाउन बालिएको घुरबाट सल्किएको आगोले कैलाश रायको फुसले छाएको गोठ नष्ट भएको छ भने भित्र बाँधिएका पशुवस्तु जलेका हुन् । आगलागीमा परेर एउटा पाडी मरेको छ ।
अर्को एउटा पाडी र माउँ भैँसी जलेर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार आगलागीबाट करिव ५० हजार रुपियाँ बराबर क्षति भएको छ ।
यस्तै कौडेना गाउँपालिका–४, मोतिपुरमा खाना पकाउनेक्रममा चुल्होबाट सल्किएको आगोले भान्सा घर र अन्य सामग्री जलेर नष्ट भएका छन् । पप्पु साह सोनारको खरको छानो र बाँसको टाटीबेरा भएको भान्सा घरमा १० वर्षीया छोरी सनीकुमारी साहले खाना पकाइरहेका बेला आगलाग्ी भएको हो ।
आगलागीबाट भान्सा घर, दुुई थान साइकल र अन्नपात जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय कौडेनाका अनुसार आगलागीबाट करिव ४० हजार रुपियाँ बराबरको क्षति भएको छ ।