बागमती, ०२ बैशाख – सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा हिजो नयाँ वर्षको दिन एउटा कारमा आगलागी भएको छ ।
घुमफिरका लागि आएका मानिस सवार ना. ५ च २३३२ नम्वरको कारमा आफै आगलागी भएको हो । प्रहरीका अनुसार कारभित्र रहेका मानिस तत्कालै बाहिर निस्एिका थिए ।
इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक (सई) सुवास यादवले बालुवा र पानी हालेर कारमा लागेको आगो निभाइएको उज्यालो अभियानसँग बताए ।