logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लामखुट्टे नियन्त्रण गर्न एमालेको माग


  • उज्यालो अभियान

मलंगवा, ३१ चैत – सर्लाही सदरमुकाम मलंगवामा लामखुट्टे नियन्त्रण गर्न माग गरिएको छ ।

नेकपा एमाले मलंगवा नगर कमिटीले आज नगरपालिका कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै लामखुुट्टे नियन्त्रणका लागि औषधि छिट्न र लामखुट्टेको टोकाइबाट फैलनेसक्ने महामारीप्रति गम्भीर बन्न माग गरेको हो । एमाले मलंगवा नगर कमिटीका अध्यक्ष गोविन्दप्रसाद साहले हस्ताक्षर गरी नगरपालिका कार्यालयलाई बुझाएको ज्ञापन–पत्रमा सडक नाला सरसफाईमा ध्यान दिन अनुरोध गरिएको छ ।

गाउँटोल र नगरको सरसफाई, शिक्षा, कृषि तथा सामाजिक सेवालगायत विभिन्न विकासका योजना अस्तव्यस्त रहेकोप्रति एमाले नगर कमिटीले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । एमाले नेताहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीलाई ज्ञापन पत्र बुुझाउँदै पार्टीले उठाएका माग सम्वोधनका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

गर्मी बढ्दै जाँदा मलंगवासहित सर्लाहीको बजार क्षेत्रमा अत्यधिक मात्रामा लामखुुट्टे लाग्दा सर्वसाधारण हैरान बनेका छन् ।