फाइल तस्बीर ।
मलंगवा, २९ चैत – सर्लाहीमा हिजो बिहान ५ घण्टा परेको वर्षाले काँचो इँटामा व्यापक क्षति गरेको छ ।
बेमौसमी वर्षाले जिल्लाका सबै इँटा उद्योगमा बनाउँदै गरेको काँचो इँटामा ठूलो क्षति गरेको हो । इँटा व्यवसायी संघ सर्लाहीका भगवान मैनालीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए ।
वर्षेनिजसो यो बेला पर्ने पानीले इँटा व्यवसायीलाई मार पर्दै आइरहेको छ ।