फाईल तस्बिर ।
मलंगवा, २९ चैत – सर्लाहीमा जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयको सेवा नियमित बनेको छ ।
‘सर्भर डाउन’ हुँदा अस्ती बुधबार दिनभर कार्यालयको सेवा ठप्प बनेको थियो । सर्भरमा आएको समस्या समाधान भएसँगै हिजो बिहान कार्यालय समयबाटै सेवा नियमित भइसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत रामनरेश रामले जानकारी दिए । उनका अनुसार माथिबाटै सर्भरमा समस्या आउँदा बुुधबार सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय र बरहथवा तथा हरिवनमा रहेका इलाका प्रशासन कार्यालयहरुको सेवा प्रभावित बनेको थियो ।
यि कार्यालयमा नागरिकता तथा अन्य सेवाका लागि पुुगेका सेवाग्राही बुधबार रित्तोहात घर फर्किन बाध्य भएका थिए ।
इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले बुुधबार अपरान्ह ४ बजेपछि सर्भर सूचारु भएको र बेलुका अबेरसम्म बसेर १५ वटाभन्दा बढी नागरिकता जारी गरिएको बताए ।
इलाका प्रशासन कार्यालय प्रमुख थापाले पनि हिजो बाट कार्यालयको सेवा नियमित भइसकेको बताए ।