logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मिनी ट्रक र कन्टेनर ठोक्किए, दुुवैका चालक घाइते


  • उज्यालो अभियान

बरहथवा, २८ चैत – सर्लाहीको बरहथवा नगरपालिका–७, दुधडेरी चोकमा आज बिहान मिनी ट्रक र कन्टेनर ठोक्किँदा दुवै सवारीका चालक घाइते भएका छन् ।

आज बिहान ९ः२० बजे बरहथवाबाट हीरापुरतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३ च ९४४७ नम्वरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ४८ नम्वरको कन्टेनर आपसमा ठोक्किँदा दुवै गाडीका चालक घाइते भएका हुन् । दुर्घटनामा मिनी ट्रकका चालक काभ्रेको पाँचखाल नगरपालिका–२, बस्ने २० वर्षीय सुरेश तामाङ र कन्टेनर चालक मकवानपुरको थाहा नगरपालिका–१०, बस्ने २६ वर्षीय दीपेन्द्र गोपाली घाइते भएका इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

मिनी ट्रक चालक तामाङको टाउको र दाहिने खुुट्टा तथा कन्टेनर चालक गोपालीको कानमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

दुवै घाइतेको शङ्कट मोचन अस्पताल बरहथवामा उपचार चलिरहेको डिएसपी थापाले उज्यालो अभियानसँग बताए । आपसमा ठोक्किँदा दुवै गाडीमा क्षति पुुगेको प्रहरीले जनाएको छ ।