logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आगलागीबाट एउटा घर जल्यो, अर्कोमा आंशिक क्षति


  • उज्यालो अभियान

हरिवन, २७ चैत – सर्लाहीको हरिवन नगरपालिका–८, पुरानो बजारमा गएसाँझ आगलागीबाट एउटा घर पूर्णरुपमा जलेको छ भने अर्को एउटा घरमा आंशिक क्षति पुुगेको छ ।

आगलागीबाट सुजिता मास्केको काठले बनाएको घर पूर्णरुपमा जलेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । सोही आगलागीमा परेर छिमेकी दीपकुमार जिसीको घरमा आंशिक क्षति पुुगेको स्थानीयले बताएका छन् ।

गाउँले, सुरक्षाकर्मी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले उज्यालो अभियानलाई जानकारी दिए । उनले आगलागीको वास्तविक कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको बताए ।

आगलागीबाट करिव १५ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको एकिन विवरण भने सङ्कलन हुन बाँकी नै रहेको हरिवन प्रहरीले जनाएको छ ।