logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कैलाशपुरीमा खानेपानीको पाइप सहयोग


  • उज्यालो अभियान

हरिवन, २४ चैत – चुरेक्षेत्रस्थित सर्लाहीको हरिवन नगरपालिका–१, कैलाशपुरीका स्थानीयलाई समाजसेवी शम्भु शर्मा उप्रेतीले खानेपानीको पाइप सहयोग गरेका छन् ।

हरिवन नगरपालिका– ८, घर भएका उप्रेतीले कैलाशपुरीमा खानेपानी विस्तारका लागि एक इन्चको ५०० मिटर पाइप उपलब्ध गराएका हुन् । सुक्खायाममा चुरेभेगमा हुने खानेपानीको समस्या समाधान गर्ने उद्देश्यले व्यक्तिगत खर्चमा पाइप किनेर दिएको शर्माले बताए ।

अमेरिका बस्ने शर्माले गाउँ आएको मौका पारेर हरिवन नगरपालिका १ कै मनिषा श्रेष्ठको निर्माणाधीन तीन कोठे घर निर्माणका लागि समेत आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

हरिवनका युवा समाजसेवी र लान्यस क्लब काठमाडौंको सहयोगमा निर्माणाधीन श्रेष्ठको घरका लागि समाजसेवी शर्माले थप सहयोग प्रदान गर्नुभएको हरिवन नगरपालिका–१, का वडाध्यक्ष टमबहादुर घिसिङले जानकारी दिए ।