logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेपाल तामाङ घेदुङ हरिवनको अध्यक्षमा घलान


  • उज्यालो अभियान

हरिवन, २३ चैत – सर्लाहीको हरिवनमा आज सम्पन्न नेपाल तामाङ घेदुुङको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा तारा घलान चयन भएकी छन् ।

ग्रामीण स्वयंसेवकको सभा हलमा सम्पन्न अधिवेशनले घलानको नेतृत्वमा १३ सदस्यीय नगर समिति सर्वसम्मतरुपमा चयन गरेको घेदुुङका जिल्ला अध्यक्ष वुद्ध लामाले जानकारी दिए ।

निवर्तमान नगर समितिका अध्यक्ष राजु लो तामाङको अध्यक्षता, घेदुङका मधेश प्रदेश अध्यक्ष यमलाल गोलेको प्रमुख आतिथ्यता, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) र उपमेयर हरिमाया घलानको विशिष्ठ आतिथ्यतामा नेपाल तामाङ घेदुुङ हरिवनको दोस्रो नगर अधिवेशन सम्पन्न भएको हो ।