logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कुशवाहा वुद्धिजिवी सेवा समाजका नवनर्विाचित कार्य समिति सम्मानित


  • उज्यालो अभियान

गोडैता, २३ चैत – कुशवाहा वुद्धिजिवी सेवा समाज सर्लाहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको छ ।

गोडैता नगरपालिका ५ स्थित सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालय रामवनमा सम्पन्न नवनिर्वाचित कार्य समितिको दोस्रो बैठकमा अध्यक्ष रामविश्वास कुशवाहासहितलाई सम्मान गरिएको हो । सोही विद्यालयका संरक्षक एवं बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र कुशवाहा, विद्यालयका प्रधानाध्यापक रामप्रकाश कुशवाहालगायत भएर नवनिर्वाचित पदाधिकारीलाई खादा र अविर लगाएर चियापान कार्यक्रम आयोजना गरेर स्वागत गरेका छन् ।

बैठकमा आमन्त्रित केन्द्रीय सदस्य डा. शियाराम कुशवाहा, नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका अध्यक्ष लक्ष्मण कुशवाहालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

बैठकमा वुद्धिजिवीका पदाधिकारीहरु उपाध्यक्ष श्याम कुशवाहा, सचिव तथा प्रधानाध्यापक जवाहरलाल कुशवाहा, कोषाध्यक्ष तथा लेखा अधिकृत सिकेन्द्र कुशवाहा, गोडैता नगर समितिका अध्यक्ष राजिनन्द कुशवाहालगायतको उपस्थिति रहेको थियो ।