हरिवन, २१ चैत – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीमा रहेको हरिवन बचत तथा ऋण सहकारी संस्थाले सडकमा ३ थान डस्टबिन राखिदिएको छ ।
संस्थाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हरिवन नगरपालिका ४ गेला चोकमा ३ थान डस्टबिन राखिदिएको हो । संस्थाका पदाधिकारी, कर्मचारी र शेयर सदस्य भएर गेला चोकमा सरसफाई गरी डस्टबिन राख्ने काम गरिएको संस्थाका व्यवस्थापक तिलकप्रसाद खतिवडाले जानकारी दिए ।
संस्थाका अध्यक्ष भरतकुमार कार्कीको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको हो ।