logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नाढीमन तालमा विपद् पूर्व तयारी अभ्यास (फोटो फिचर)


  • उज्यालो अभियान

कृत्रिम आगलागी र नियन्त्रणको अभ्यास देखाउँदै नेपाली सेनाको भैरवीदल गण पाँचकुमारीको टोली । (तस्बीर : उज्यालो अभियान)

चन्द्रनगर, २१ चैत – सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा बिहीबार बिहान विपद् व्यवस्थापनको तयारी अभ्यास गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरेका हुन् । नाढीमन ताल परिसरमा तीनवटै सुरक्षा निकाय परिचालन गरी आगलागी नियन्त्रण तथा डुुबानको समयमा गरिने उद्धारको कृत्रिम अभ्यास प्रदर्शन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले उज्यालो अभियानसँग बताए ।

विपद् जोखिम न्यूनिकरणका लागि पूर्वतयारीस्वरुप गरिएको कृत्रिम घटना अभ्यास कार्यको प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, भैरवीदल गणका प्रमुख सेनानी सूूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलगायतले निरीक्षण गरेका छन् ।

अहिले सुक्खायाममा जुनसुकै बेला आगलागीका घटना हुनसक्ने भएकाले जिल्लामा कहीँकती आगलागी हुनासाथ तीनवटै निकाय परिचालन भएर संयुक्तरुपमा नियन्त्रणको प्रयास गर्न पूर्व तयारी अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । सुरक्षाकर्मीले नाढीमन तालमा डुुबानको कृत्रिम अभ्यास गरी त्यहाँ फसेका व्यक्तिको बोट तथा ट्यूूबको सहायतामा उद्धार गरेर समेत देखाएका छन् ।

भैरवीदल गण पाँचकुमारीका गणपति (कर्णेल) सूूर्यबहादुर कार्कीले जिल्लामा जुनसुकै विपद्का घटना आइपरे पनि नेपाली सेना त्यसमा खटिनका लागि तयार रहेको उज्यालो अभियानसँग बताए ।