logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी क्षेत्रमा ३ घन्टापछि बिजुली सूचारु


  • उज्यालो अभियान

लालबन्दी, १८ चैत – सर्लाहीको लालबन्दी क्षेत्रमा ३ घण्टापछि आज साँझबाट बिजुली सूचारु भएको छ ।

पूर्वपश्चिम राजमार्ग बढाउन काम गरिरहेको जेसिबीले नवलपुरमा पोल ढाल्दा लालबन्दी क्षेत्रको बिजुली ३ घण्टासम्म अवरुद्ध बन्यो । नवलपुरस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि जेसिबीले हिजो अपरान्ह ४ बजेतिर एउटा पोल फेदैदेखि भाच्दिएपछि लालबन्दी, पत्थरकोट, रानिगन्ज, परवानीपुर, घारिबथान क्षेत्रमा बिजुली अवरुद्ध बनेको थियो ।

पोल गाडेर तार जोडेसँगै साँझ ७ बजेपछि बत्ती सूचारु भएको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । बत्ती नहुँदा साँझमा केहीबेर यस क्षेत्रका वासिन्दा अन्धकारमा बस्न बाध्य भएका थिए ।

सर्लाहीमा अहिले पूर्व पश्चिम राजमार्ग ४ लेनको बनाउने काम भइरहेको छ । काम भइरहँदा बिजुलीको पोल छाडेर रोड बढाउने काम जारी छ ।