हरिवन, १८ चैत – सर्लाहीको हरिवनमा आज शारीरिक अपाङ्गता भएका दुुई जनालाई ह्वील चेयर प्रदान गरिएको छ ।
हरिवन नगरपालिका–१० का जितबहादुर योन्जन र हरिवन ११ का शेष मुकन्दमलाई एक/एक थान ह्वील चेयर प्रदान गरिएको हो । संगम बुक्स पब्लिकेशन, समाजसेवीहरु मनिष बराल, जयबहादुर गोले र तेजनारायण आले मगरको सहयोग तथा समन्वयमा ह्वील चेयर प्रदान गरिएको हो ।
केहीदिनअघि उहाँहरुकै सहयोगमा हरिवन र बागमतीका ८ जनालाई यसैगरी ह्वील चेयर प्रदान गरिएको थियो ।