logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

खेल मैदानमा अचेत रहेका पुरुषको उद्धार


  • उज्यालो अभियान

नगर अस्पताल लालबन्दी । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, १७ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित लाफा खेल मैदानमा अचेत भई ढलेका एक पुरुषको उद्धार गरिएको छ ।

आज बिहान मर्निङवाकका क्रममा चौरमा अपरिचित पुरुष अचेत भई ढलेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

ति पुरुषलाई अहिले लालबन्दी नगर अस्पताल डुमेडुमे ल्याइएको र चिकित्सकले चेकजाँच गरिरहेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख सुजन पाठकले उज्यालो अभियानसँग बताए ।