लालबन्दी, १३ चैत – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, बागवानी जङ्गलमा ट्रक पल्टँदा चालक घाइते भएका छन् ।
फलाम बोकेर पूर्वतर्फ हिँडेको ना. ७ ख ८६१ नम्वरको ट्रक गएराति सबा १२ बजे उष्ण प्रदेशीय बागवानी केन्द्रको गेट नजिक अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा ट्रक चालक पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डक निवासी ४५ वर्षीय इन्द्रबहादुर तामाङ घाइते भएका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
हातमा चोट लागेर घाइते तामाङको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले बताए ।
पल्टिएको ट्रक घटनास्थलमा नै रहेको छ ।