logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ब्यारेजभित्र सडेको शव बरामद


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बलरा, ११ चैत – सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरामा बेवारिसे पुरुषको शव फेला परेको छ ।

बलरा नगरपालिका–१०, सुदामास्थित मनुुष्मारा ब्यारेजमा पहिचान खुल्न नसकेको व्यक्तिको शव फेला परेको हो । नाम, ठेगाना खुल्न नसकेको पुरुष सिँचाईका लागि बनाइएको ब्यारेजभित्र मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

स्थानीय गाउँलेले ब्यारेजभित्र सड्न थालिसकेको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।

बक्स पाइन्ट र टि–सर्ट लगाएका पुरुषको शव सडिसकेकाले हुलिया खुलाउन समेत समस्या परेको प्रहरी निरीक्षक सिंहले बताएका छन् । उनले शवको पहिचान खुलाउन मातहतका प्रहरी युनिटमा पत्राचार तथा नजिकका गाउँमा सोधखोज गरिरहेको जानकारी दिए ।