logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित


  • उज्यालो अभियान

जब्दी, ११ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३०० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।

वडा कार्यालयसँग समन्वय गरी लालबन्दी मोडेल अस्पतालले आयोजना गरेको स्वास्थ्य शिविरबाट स्थानीयले लाभ लिएका हुन् । शिविरमा बाल रोग, स्त्री रोग, हाडजोर्नीलगायत विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

शिविरमा उपचारका लागि आएका बिरामीलाई औषधि समेत निःशुल्क वितरण गरिएको लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।