जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
बागमती, १० चैत – प्रहरीले सर्लाहीको बागमतीबाट ६२ लाख रुपियाँ भन्दा बढीको समानसहित एउटा कन्टेनर नियन्त्रणमा लिएको छ ।
बिल बिजक भन्दा बढी समान लोड भएको बागमती प्रदेश ०३–००१ ख ०९४१ नम्वरको कन्टेनर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए । इन्स्पेक्टर सिंहका अनुसार विराटनगरबाट नेपालगन्जका लागि छुटेको कन्टेनरबाट मोटर पार्टस्, जिरा, एसी र इलेक्ट्रोनिक समान बरामद भएको छ ।
आज बिहान बागमती नगरपालिका–११, स्थित चेक प्वाइन्ट अगाडि प्रहरी चेकिङ टोलीले उक्त कन्टेनर नियन्त्रणमा लिएको हो ।
कन्टेनर र त्यसभित्र रहेको समान ६२ लाख ३० हजार २७० रुपियाँ मुल्य कायम गरी राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।