logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनमा वित्तीय सचेतनासहित प्रभातफेरी


  • उज्यालो अभियान

हरिवन, १० चैत – सर्लाहीको हरिवनमा आज बिहान वित्तीय सचेतनासहित प्रभातफेरी निकालिएको छ ।

‘ग्लोबल मनी वीक’ को अन्तिम दिन पारेर हरिवन नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्थाले पूर्व पश्चिम राजमार्गमा सचेतनामूलक प्रभातफेरी निकालेका हुन् । प्रभातफेरीमा बैंक तथा वित्तीय संस्थाका प्रमुख, प्रवन्धक, कर्मचारी, उद्योगी, व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

सहभागीले ‘बचत गर्ने बाली बसालौँ, आफ्नो आम्दानीको कम्तीमा १० प्रतिसत बचत गर्नुहोस्, कहिल्यै एउटै आम्दानीको स्रोतमा निर्भर नहुनुहोस्, आम्दानी बढ्दैमा खर्च पनि नबढाउनुस्’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।