लालबन्दी, १० चैत – नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन सर्लाहीको अध्यक्षमा पुुष्पबहादुर श्रेष्ठ चयन भएका छन् ।
जनज्योति माध्यमिक विद्यालय लालबन्दीमा सम्पन्न संगठनको १४ औँ जिल्ला अधिवेशनले श्रेष्ठ अध्यक्ष रहने गरी १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रुपमा गठन गरेको हो । संगठनको नवगठित जिल्ला कार्य समितिको उपाध्यक्षमा लक्ष्मीकान्त राय, महिला उपाध्यक्षमा गीता चालिसे, सचिवमा रमेश महतो, कोषाध्यक्षमा रमेश शिवाकोटी, सह–कोषाध्यक्षमा चण्डिका बुढाथोकी, सह–सचिवमा फूलकुमारी चौधरीलगायत अन्य सदस्य रहेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय सदस्य एवं मधेश प्रदेश इन्चार्ज हरिप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको संगठनका लालबन्दी नगर अध्यक्ष गोविन्दप्रसाद आचार्यले जानकारी दिए ।