logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा गएराति पुनः वर्षा


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिवन, १० चैत – सर्लाहीमा गएराति पुनः आकाशे वर्षा भएको छ ।

यहाँ यसअघि शुक्रबार राति पनि असिनासहितको पानी परेको थियो । गएराति पुनः चट्यांगसहित पानी परेको हो ।

लगातार दुई रात पानी पर्दा किसान खुसी भएका छन् । तर कतैकतै मकै, लसुन, प्याजलगायतका तरकारी बालीमा क्षति गरेको छ ।

मौसममा आएको बदलीपछि जिल्लामा विद्युत् आउनेजाने समस्याले जिल्लावासी हैरान भएका छन् । सदरमुकाम मलंगवा, हरिपूर्वा, गोडैता, बलरालगायत दक्षिणी भेगमा घण्टौँसम्म विद्युत् ठप्प हुने समस्या आइरहेको छ ।

पानी परेपछि धुलो, धुँवाको प्रदुषण कम भएको छ भने वनमा लागेको डढेलो पनि निभेको छ ।