logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

दलित सिमान्तकृतले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस मनाए


  • उज्यालो अभियान

चन्द्रनगर, ०८ चैत – सर्लाहीको चन्द्रनगर गाउँपालिकाका दलित सिमान्तकृतले कामतको दलित बस्तीबाट र्याली गरी अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस मनाएका छन् ।

व्रिटिस काउन्सिल, दलित लाईभस मेटर, भोर नेपाल तथा महाजनमुक्त बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा दिवस मनाएका हुुन् । र्यालीमा जातीय छुवाछुत अन्त्य गर, श्रम चल्ने, सिप चल्ने, रगत चल्ने, यौन चल्ने तर पानी किन नचल्ने ? जस्ता नाराहरु लगाएका अध्यक्ष शिवकलि देवी ऋषिले जानकारी दिए ।

संविधानको प्रस्तवनामा उल्लेख भएको सवै प्रकारका जातीय छुवाछुतको अन्त्य गरि आर्थिक समनता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न आधारभुत योजन नीति कार्यक्रमको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । संविधानको धारा १८, समनताको हक सम्बन्धी प्रावधान, धारा २४ छुवाछुत तथा भेदभाव विरुद्धको हकः सम्बन्धी कानूनलाई कार्यान्वयन गर्न गराउन आवश्यक बजेट, साधन श्रोतको ठोस प्रवन्ध गरिनुपर्ने माग गरेका छन् ।

व्रिटिस काउन्सिल र दलित लाईभस मेटरको साझेदारीमा संचालित यूवा नागरिक समाज सुदृढिकरण अभियान अन्र्तगत जलवायु परिवर्तनले अन्तिम पिंधमा रहेका दलित, सिमान्तकृत समुदायलाई सबै भन्दा बढी प्रभावित भएकोले उत्थानका लागि स्थानिय, प्रदेश र संघीय सरकारले समुदायको अनुकुल निति, कार्यक्रम र बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्ने संयुक्त दलित सिमान्तकृत संर्घष समितिका संयोजक उमेश माझीले बताएका छन् ।