logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नगर सभाबाट दुुईवटा ऐन पारित


  • उज्यालो अभियान

हरिवन, ०७ चैत – सर्लाहीको हरिवन नगरपालिकाले आठौं नगरसभाबाट दुुईवटा ऐन पारित गरेको छ ।

नगरसभाले नगर शिक्षा योजना, २०८१ र नगर खानेपानी तथा सरसफाई ऐन, २०८१ पारित गरेको नगर उपप्रमुख हरिमाया घलानले जानकारी दिईन् । नगरसभाको हिउँदे अधिवेशनमा समग्र नगरमा विकास निर्माणको सवाल र समसामायिक विषयमा छलफल भएको उनले बताईन् ।

सभाबाट विभिन्न योजना संशोधन, शिक्षक नमिलेका योजना हेरफेर गरी बजेट रकमान्तर र नयाँ योजनामा बजेट थप गरिएको नगर उपप्रमुख घलानले बताईन् ।

हिउँदे नगरसभामा नगरप्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फूँयाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यलगायतको सहभागिता रहेको थियो ।