सर्लाही क्याम्पस मलंगवा परिसर । (तस्बीर : विवेक यादव)
मलंगवा, ०६ चैत – सर्लाही क्याम्पस मलंगवामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतगणना जारी रहेको छ ।
गएराति विवाद भएपछि मतगणना रोकिन पुगेको थियो । निर्वाचन अधिकृत कृपानाथ झाले अहिले भने शान्तपूर्वक मतगणना जारी रहेको उज्यालो अभियानसँग बताए ।
सर्लाही क्याम्पसमा हिजो भएको मतदानमा आधा भन्दा पनि कम मतदाताले मतदान गरेका थिए ।
मलंगवामा ३ हजार २४९ विद्यार्थीमध्ये १ हजार ३६७ मतदाताले मात्रै मतदान गरेका थिए ।