logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

घाइते चालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपूर्वा, ०४ फागुन – सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटनामा घाइते चालकको उपचारकाक्रममा मृत्यु भएको छ ।

फागुन २७ गते अपरान्ह हरिपूर्वा नगरपालिका–२, मा बीआर ३० के १०४७ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको पिलरमा ठोक्किँदा चालक पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका २२ वर्षीय कमराज अन्सारी गम्भीर घाइते भएका थिए । हरिपूर्वाबाट सङ्ग्रामपुरस्थित घरतर्फ फर्कदै गर्दा दुर्घटनामा परेका घाइते भएका अन्सारीको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो ।

उनको उपचारकाक्रममा गएसाँझ जानकी अस्पताल महोत्तरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो । मृतकको शव आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारजनलाई बुुझाइएको प्रहरीले बताएको छ ।

सर्लाहीमा पछिल्ला केही दिनदेखि अत्यधिक मोटरसाइकल दुर्घटना भइरहेका छन् ।

अधिकांश मोटरसाइकल दुर्घटना तीव्र गति, लापरवाही र मदिरा सेवनका कारण हुने गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले उज्यालो अभियानसँग बताए ।