logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको मौसम बदली : बिहानैदेखि हावाहुरी


  • उज्यालो अभियान

लालबन्दी, ०४ चैत – सर्लाहीको मौसम आज बिहानैबाट बदली भएको छ ।

यहाँ बिहानैदेखि सामान्य गतिमा हावाहुरी चलेर मौसम धुम्मिएको हो । मौसम पूर्वानुमान महाशाखाले आज मधेश प्रदेशमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । सोही अनुसार सर्लाहीसहित आसपासका जिल्लामा सामान्य गतिमा हावाहुरी चलिरहेकाले बाहिर हिँड्ने पैदयात्री तथा अन्य यात्रु धुलोले प्रभावित बनेका छन् ।

यहाँको मौसम पानी पर्लाजस्तो भई धुम्मिएकाले किसान वर्षाको आशमा बसेका छन् । गएको असोजदेखि पानी पर्न नसक्दा यस क्षेत्रमा धुलो, धुँवाको प्रदुषण अत्यधिक रहेको छ ।

आम मानिसमा धुलो, धुँवाजन्य तथा मौसम परिवर्तन हुँदा देखा पर्ने ज्वरो, रुघाखोकी, घाँटी तथा टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखा परिरहेको छ । पानी पर्न नसक्दा यहाँको वन जंगलमा डढेलो लागिरहेको छ ।

खडेरीका कारण मुहान नै सुक्दा चुरेभेगमा खानेपानीको समस्या बढ्दै गइरहेको स्थानीयले गुनासो गरेका छन् ।