logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनमा आयोजित महायज्ञ आज सकिने


  • उज्यालो अभियान

हरिवन, २९ फागुन – सर्लाहीको हरिवन नगरपालिका ११ स्थित सुर्तिविकास चौरमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आज सकिँदै छ ।

मानवसेवा आश्रमको हरिवन ९ दनुुवारीमा रहेको अधुरो भवनको निर्माण कार्य पूरा गर्न आवश्यक पर्ने रकम सङ्कलन गर्ने उद्देश्यसहित फागुन २२ गतेदेखि महायज्ञ सुरु भएको थियो । महायज्ञको आज विशेष समारोहका बिच समापन गर्न लागिएको हो । महायज्ञको खर्च तथा संकलित सहयोग तत्कालै सार्वजनिक गरिने मानवसेवा आश्रमले जनाएको छ ।

महायज्ञमा हरिवन नगरपालिकाले सबैभन्दा धेरै ५६ लाख २१ हजारसहित अन्य पालिका, वडा कार्यालय, सामाजिक संघसस्थ र व्यक्तिगततर्फबाट पनि उल्लेख्य रुपमा सहयोग जुटेको छ । महायज्ञकै उद्घाटनका दिन हरिवन नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका घोषणा गरिसकिएको छ ।

मानवसेवा आश्रम अहिले हरिवन नगरपालिकाले नै उपलब्ध गराएको वडा नं. १ स्थित कैलाशपुरीमा रहेको ज्येष्ठ नागरिक भवनबाट संचालित छ ।

भागवतबाट संकलन भएको रकमसहित दनुुवारीमा निर्माणाधीन भवन तयार भएपछि आश्रमलाई त्यहीँ सारिने छ ।