मलंगवा, २९ फागुन – सर्लाहीमा धुलो, धुँवाको प्रदुुषण दिनानुदिन बढ्दै गइरहेको छ ।
पानी पर्न नसक्दा यहाँ प्रदुुषण बढेर मानव स्वास्थ्यमा गम्भीर असर पुु¥याइरहेको हो । वन डढेलो, जथाभावी आगो बाल्ने प्रवृत्ति र कच्ची सडकको धुलोले गर्दा बाहिरको वातावरण अत्यन्त प्रदुषित देखिन्छ ।
काम गर्दा गर्दै अलपत्र छाडिएका र कालोपत्रे तथा ढलान नै नभएका कच्ची सडकमा अहिले अत्यधिक धुलो उड्दा यात्रु तथा सडक छेउछाउ घर भएकाहरु असाध्य समस्यामा परिरहेका छन् ।
सर्लाहीसहित तराई क्षेत्रमा गएको असोजदेखि वर्षा हुन सकेको छैन् । बारम्बार मौसम धाम्मधुम्म हुने गरेपनि पानी वर्षिन सकेको छैन् । पानी नपर्दा हिउँदे बालीको उत्पादन घटेको छ ।
खोला, खोल्सा सुकेका छन् । अत्यधिक प्रदुुषण र मौसम परिवर्तनका कारण सर्लाहीमा अहिले धेरैमा खोकी, ज्वरो, घाँटी तथा टाउको दुख्ने, पखालाजस्ता मौसम परिवर्तनजन्य संक्रमण देखिएको चिकित्सकले बताएका छन् । पानी पर्न नसक्दा वन क्षेत्रमा डढेलो फैलँदै गएको छ ।
सुक्खा बढ्दै जाँदा अब चुरेभेगका पाखामा समेत डढेलो लाग्न सुरु गर्ने स्थानीयले बताएका छन् । फूलजोर बाबा साझेदारी वन, लालबन्दी साझेदारी वन, सागरनाथ वन विकास परियोजना र मुर्तियाका केही जंगल क्षेत्रमा डढेलो लागिसकेको छ ।