logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको मौसम आज धुम्मियो


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, २८ फागुन – सर्लाहीको मौसम आज बिहानैबाट धुम्मिएको छ ।

गएको असोजदेखि पानी पर्न नसकेको यस क्षेत्रमा बेलाबेलामा मौसम यसैगरी धुम्मिने गरेपनि वर्षा भने हुन सकेको छैन् । पानी पर्न नसक्दा धुलो, धुँवाको प्रदुुषण अत्यधिक छ । मौसम परिवर्तन र प्रदुुषणका कारण धेरै मानिस बिरामी परेका छन् ।

अघिल्ला दिनहरुमा बिहानैदेखि उघ्रिएर घाम लाग्ने सर्लाहीमा आज भने पानी पर्लाजस्तो भई मौसम धुम्म भएको हो । यहाँका सर्वसाधारण तथा किसान एक झर पर्याप्त वर्षाको प्रतिक्षामा बसेका छन् ।

पानी पर्न नसक्दा जताततै धुलो, धुँवा र नजिकका वन जंगलमा डढेलो लाग्दा समस्या परेको स्थानीयले बताएका छन् । पानी नपर्दा चुरेभेग भएर बग्ने खोला, खोल्सी सुकेका छन् ।

हिउँदे बालीको उत्पादन घटेको किसानले बताएका छन् । चिकित्सकले वर्षा भएर अहिलेको प्रदुुषण कम नहुन्जेल समुदाय स्तरमा व्यापक फैलिएको ज्वरो, रुघाखोकी, घाँटी दुुख्ने, टाउको दुख्नेजस्ता मौसमजन्य र प्रदुुषणले गर्दा हुने स्वास्थ्य समस्या कम नहुने बताएका छन् ।

सर्लाहीसहित तराई भेगमा बिहानपख हल्का मात्रामा चिसो रहेपनि दिउँसोपख विस्तारै गर्मी बढ्नेक्रममै रहेको छ ।