logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

तनाव बढेपछि प्रहरी परिचालन


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

धनकौल, २७ फागुन – सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवामा आज बिहान तनाव बढेपछि प्रहरी तैनाथ गरिएको छ ।

गाउँको ब्रह्मस्थान मन्दिरमा पूजा गर्ने विषयमा विवाद भई झडपको स्थिति सिर्जना भएपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । दुुई समूहबिच विवाद हुँदा पाँच जना सामान्य घाइते भएका छन् । तत्कालै प्रहरी टोली पुुगेर विवाद साम्य पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुुई जना दुलाह विवाहका लागि गाउँको ब्रह्मस्थान मन्दिरमा पूजा गर्न पुुगेका बेला विवाद सिर्जना भएको हो । मधेशका गाउँमा विवाहका लागि दुलाहीको घरतर्फ प्रस्थान गर्नुअघि दुलाहसहित परिवारका सदस्य र आफन्त नजिकैको ब्रह्मस्थान मन्दिरमा गएर पूजा गर्ने प्रचलन रहेको छ ।

दुुई पक्षबिचको विवादमा धनकौल गाउँपालिका–५, का वडाध्यक्ष गजेन्द्र महतोको गाडीमा ढुुङ्गा प्रहार हुँदा अगाडिपट्टीको सिसामा सामान्य क्षति पुुगेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले बिहान केहीबेर असहजस्थिति सिर्जना भएपनि अहिले अवस्था सामान्य बनिसकेको उज्यालो अभियानसँग बताएका छन् । उनले घटनाको अनुसन्धान भइरहेको पनि बताए ।

गएराति नै धनकौल गाउँपालिकाको वडा नं. ६, सोनारटोलमा स्वयम्बरमा नआएको निहँुमा दुलाह र दुलहीका बुवाबिच कुटाकुट भएको प्रहरीले जनाएको छ ।