logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सेवा निवृत्त राष्ट्रसेवक सम्मानित


  • उज्यालो अभियान

संग्रामपुर, २६ फागुन – सर्लाहीको सीमावर्ती पालिका, पर्सामा सेवा निवृत्त भएका राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरिएको छ ।

नेपाल सरकारको विभिन्न पद तथा जिम्मेवारीमा रहेर काम गरेका गाउँपालिकाको वडा नं. १ र २ का सम्पूर्ण रिटायर्ड कर्मचारीलाई सम्मान गरिएको हो । हिजो वडा नं. २ को वडा कार्यालय संग्रामपुरमा सम्मान–पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको वडाध्यक्ष राकेश रामले जानकारी दिए ।

लामो समय राष्ट्रका लागि समय खर्चिएका र योगदान पुुर्याएका पूर्व राष्ट्रसेवकको योगदानलाई कदर गर्दै यस प्रकारको सम्मान कार्यक्रम गरिएको वडाध्यक्ष रामले बताए ।

पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा आयोजित सेवा निवृत्त कर्मचारीको सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ, पर्सा गाउँपालिकाका १ का वडाध्यक्ष सतेन्द्र राय, वडा नं. २ का वडाध्यक्ष राकेश राम, गाउँपालिकाका अन्य कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।