logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कार्यदेश नदिएपछि वडा कार्यालयमा तालाबन्दी


  • उज्यालो अभियान

बरहथवा, २१ फागुन – सर्लाहीको बरहथवा नगरपालिका ३ को वडा कार्यालयमा आज एक समूहले तालाबन्दी गरेको छ ।

स्थानीय जनता आधारभूत विद्यालयमा भवन निर्माणका लागि प्रदेश सरकारबाट आएको बजेटबाट काम गराउन कार्यादेश लिएर आउँदा वडा कार्यालयमा दर्ता नगरिदिएको भन्दै रवीन्द्र यादव नेतृत्वको समूहले तालाबन्दी गरेको हो । विद्यालयमा भवन बनाउन प्रदेश सरकारको शिक्षा मन्त्रालयले २५ लाख बजेट विनियोजन गरेको छ ।

सोही बजेटबाट काम गर्न खोज्दा वडाध्यक्षले कार्यादेश नदिएको आन्दोलित पक्षको गुनासो छ । एक हप्तादेखि पत्र दर्ता गराउन धाउँदा समेत वडाध्यक्षले आलटाल गरेको आरोप लागेको छ ।

बरहथवा ३ का वडाध्यक्ष नन्दकिशोर महतोले भोली नै समस्याको समाधान गरी वडा कार्यालयको तालाबन्दी खुलाउने बताएका छन् ।