logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

भलिबल प्रतियोगिता : दुवै सेमिफाइनल खेल आज


  • उज्यालो अभियान

हरिपुर, १७ फागुन – सर्लाहीको हरिपुर नगरपालिका ७ चिताइनमा जारी अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल खेल आज हुँदै छन् ।

पहिलो सेमिफाइनलमा नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी सर्लाही र धनुुषाको मिथिला बिहारी नगरपालिका तथा दोस्रो सेमिफाइनलमा सर्लाही सेतो (बडकुुर्वा) र महोत्तरीको करुणाले प्रतिस्पर्धा गर्ने आयोजक लक्ष्मीनाथ यूवा क्लबका चेतनारायण धामीले जानकारी दिए ।

धामीका अनुसार आजैदेखि महिला भलिबलतर्फको लिग चरण खेल पनि सुरु गरिँदै छ । महिला भलिबलमा सर्लाही, महोत्तरी, बारा र सप्तरीले सहभागिता जनाएका छन् ।

पुरुष तथा महिला दुवै तर्फको फाइनल खेल भोली हुने लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामीले बताए । पुरुषतर्फको बिजेताले १ लाख र उपबिजेताले ५० हजार तथा महिला तर्फको बिजेताले १५ हजार र उपबिजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।