फाइल तस्बीर ।
लालबन्दी, १७ फागुन – हिजो दिनभर धुम्म भएर बितेको सर्लाहीको मौसम आज तुलनात्मक रुपमा सफा छ ।
यहाँ बिहानैदेखि घाम लागिरहेको हो । पानी पर्ला जस्तो भई हिजो दिनभर मौसम धुम्मिए पनि वर्षा हुन सकेन । पानी पर्न नसक्दा यहाँ धुलो, धुँवाको प्रदुुषण अत्यधिक रहेको छ ।
पानी नपर्दा जताततै धुलो उड्ने समस्याले यात्रा गर्न समस्या रहेको स्थानीय बताउँछन् । वन क्षेत्रमा फाट्टफुुट्ट डढेलो लाग्न सुरु भएको छ ।
हिउँदे वर्षा हुन नसक्दा किसान निराश बनेका छन् । देशका अन्य भुुभागमा वर्षा र हिमपात भएपनि विशेष गरी मधेश प्रदेशमा पानी पर्न सकेको छैन् ।
पानी पर्न नसक्दा सर्लाहीको उत्तरी चुरभेगमा सिँचाईको अभावमा उजाड बनेको स्थानीयले बताएका छन् ।