logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेपाल भूतपूर्व सैनिक संघ मधेश प्रदेशको अध्यक्षमा बस्नेत चयन


  • उज्यालो अभियान

हरिपुर, १५ फागुन – नेपाली कांग्रेस निकट नेपाल भूतपूर्व सैनिक संघ मधेश प्रदेशको अध्यक्षमा सर्लाहीका एकेन्द्रबहादुर बस्नेत चयन भएका छन् ।

आज हरिपुरस्थित रेडक्रस भवनमा सम्पन्न प्रदेश प्रदेश अधिवेशनले बस्नेतको नेतृत्वमा प्रदेश कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्षमा सर्लाहीका मोहनबहादुर केसी र बाराका भरत गुरुङ, महासचिव (प्रशासन) तर्फ पर्साका लालकाजी श्रेष्ठ र महासचिव (संगठन) तर्फ सर्लाहीका लीलाबहादुर कार्की, सचिवमा सर्लाहीका दिलिपजंग थापा, कोषाध्यक्षमा सर्लाहीका यज्ञबहादुर भण्डारीसहित अन्य सदस्य सर्वसम्मतरुपमा चयन भएका छन् ।

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित संघको प्रदेश अधिवेशनमा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, नेता धर्मलाल राय, संघका निवर्तमान केन्द्रीय अध्यक्ष धनबहादुर मास्की मगर, संघकै केन्द्रीय वरिष्ठ उपाध्यक्ष गर्जमान गुरुङ, कांग्रेस सर्लाहीका सचिव निरोज कार्की, नेपाल मुस्लिम संघ मधेश प्रदेशका अध्यक्ष शेष शाहदुल्लाह, रेडक्रस हरिपुरका सभापति चन्द्रिका साह, राजु राई, नारायण गुर्मछानलगायतको आतिथ्यता रहेको थियो ।