logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

शिवरात्रिको दिन पारेर विभिन्न कार्यालय भवनको शिलान्यास


  • उज्यालो अभियान

जब्दीमा थारु कल्याणकारी सभा जिल्ला कार्य समितिको भवन शिलान्यास गरिँदै । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, १४ फागुन – आज महाशिवरात्रिको दिन पारेर सर्लाहीमा विभिन्न कार्यालय तथा संघसंस्थाको भवन शिलान्यास गरिएको छ ।

पूर्व पश्चिम राजमार्गस्थित फूलजोरमा अस्थायी ट्राफिक पोष्टको कार्यालय भवन शिलान्यास गरिएको छ । ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरे, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीलगायत भएर अस्थायी ट्राफिक प्रहरी पोष्टको शिलान्यास गरेका छन् ।

यस्तै शिवरात्रिकै अवर पारेर थारुकल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीको कार्यालय भवन आज शिलान्यास गरिएको छ । लालबन्दी नगरपालिका ३ जब्दी भैरवपुरमा बन्ने भवनको मधेश प्रदेशसभा सदस्य एवं प्रदेश सरकारका निवर्तमान मन्त्री उर्मिलादेवी सिंह थारुले शिलान्यास गरेको थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीका सभापति सूूर्यनारायण चौधरीले बताए ।

यस्तै शिवरात्रिकै अवसर पारेर हरिपुर नगरपालिका ५ मा आज वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । वडा कार्यालय भवनको नगरप्रमुख गोपाल पन्जियार, उपप्रमुख निलमदेवी राय यादव र वडाध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।