logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

गृह मन्त्री श्रेष्ठले गरे सर्लाही कारागारकाे उद्घाटन (तस्बिरहरु)


  • उज्यालो अभियान

मलंगवा, ०६ माघ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदरमुकाम मलंगवामा पुनर्निमाण गरिएकाे सर्लाही कारागार भवनकाे आईतबार बिहान उद्घाटन गरेका छन् ।

शिलालेख अनावरण, रिवन काटेर तथा पानसमा दिप प्रज्वलन् मार्फत प्रमुख अतिथि उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले कारागार भवनकाे उद्घाटन गरेका हुन् । अहिले कारागार भित्रै उद्घाटन समाराेह चलिरहेकाे छ ।

प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाकाे अध्यक्षता रहेकाे उद्घाटन समाराेहमा संघीय खानेपानी मन्त्री महिन्द्र यादव, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेश सभा सदस्यहरु काैशल किशाेर राय, बेची लुंगेली, जवाहर कुशवाहा, फकिरा महताे तथा जिसस प्रमुख काैशल किशाेर सिंह एवं उपप्रमुख जीतेन्द्र कुमार महताे लगायतकाे विशिष्ट आतिथ्यता रहेकाे छ ।

त्यस्तै कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद राय, हरिवनका प्रमुख रमेश बुढाथाेकी(कमल), बरहथवाकी प्रमुख कल्पना कुमारी कटुवाल, बागमतीका प्रमुख भरत कुमार थापा, विभिन्न राजनैतिक दलका जिल्ला अध्यक्ष एवं प्रतिनिधिहरु, नागरिकसमाज, उद्याेगी व्यापारी लगायतकाे आतिथ्यता रहेकाे छ ।

याे पनि पढ्नाेस्

लालबन्दी आइपुगे गृहमन्त्री श्रेष्ठ

गृहमन्त्रीको उपस्थितिमा मधेशका आठै जिल्लाका सीडीओ र एसपीको संयुक्त बैठक बस्दै

गृहमन्त्री श्रेष्ठ सवार विमान दोस्रो पटकमा अवतरण, लालबन्दी आउँदै