logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गृहमन्त्रीको उपस्थितिमा मधेशका आठै जिल्लाका सीडीओ र एसपीको संयुक्त बैठक बस्दै


  • उज्यालो अभियान

लालबन्दी – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भोली लालबन्दीमा मधेश प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) को संयुक्त बैठक बस्ने भएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले भोली गृहमन्त्री श्रेष्ठ कारागार भवन उद्घाटन गर्न सदरमुकाम मलंगवा जानुअघि लालबन्दीमा आठै जिल्लाका सीडीओ र एसपीबीच संयुक्त बैठक बस्ने उज्यालो अभियानसँग बताए ।

बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाको विषयमा छलफल हुने बताइएको छ । बैठक नयाँ युनाईटेड होटल लालबन्दीमा बस्ने छ ।