लालबन्दी – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सवार विमान आज साँझ अबेर दोस्रो पटकमा जनकपुर विमानस्थलमा अवतरण (ल्यान्ड) भएको छ ।
यसअघि आज अपरान्ह खराब मौसमका कारण जनकपुर आइसकेको विमान अवतरण हुन नसकेर काठमाडौं नै फर्किएको थियो । दोस्रो पटक उडार भएर आएको विमान अवतरण गरेको हो ।
यसअघि गृहमन्त्री श्रेष्ठ सिमरा विमानस्थलबाट यहाँ आउने कार्यक्रम तय थियो । तर मौसम खराबीले सिमराको फ्लाइट नै ‘क्यान्सिल’ भएको बुझिएको छ ।
गृहमन्त्री श्रेष्ठ अहिले लालबन्दीतर्फ आउँदै छन् । श्रेष्ठ लालबन्दीस्थित नयाँ युनाईटेड होटलमा बास बस्ने छन् । मन्त्री श्रेष्ठलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहितका सुरक्षा अधिकारी साँझ देखि नै लालबन्दीमा छन् ।
मन्त्री श्रेष्ठ भोली सदरमुकाम मलंगवामा जिल्ला कारागार भवनको उद्घाटन र पत्थरकोटस्थित लखन्देही खोलामा पुलको शिलान्यासका लागि यहाँ आइरहेका हुन् ।