logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बरहथवा गोली काण्ड : छानविन समिति काठमाडौंबाट हिड्यो


  • उज्यालो अभियान

छानबिन समितिका संयोजक थानेश्वर गौतम ।

हरिवन, २२ पुस – सर्लाहीको बरहथवा घटनामा गृह मन्त्रालयले गठन गरेको छानविन टोली आईतबार राती सर्लाही आईपुग्दै छ ।

गृह मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको थियो । सर्लाहीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका सहसचिब गौतम नेतृत्वको टोली अहिले (आईतबार) साँझ काठमाडौंबाट सर्लाहीतर्फ प्रस्थान गरिसकेको छ । ‘छानबिन समितिका हाँमी तीनै जना काठमाडौंबाट हिँडिसक्यौ, राती अबेरसम्म सर्लाही आईपुग्छौं’, समितिका संयोजक गौतमले उज्यालो अभियानसँग आईतबार साँझ भने, ‘भोली बिहानबाट सरोकारवाला सबै पक्षसँग छलफल सहित छानबिनको प्रकृया अगाडी बढाउँछौं ।’

गृह मन्त्रालयले बरहथवा गोली काण्डको सत्यतथ्य छानविन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरि शनिबार सहसचिब गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो । मन्त्रालयले छानबिन समिति गठन सहित प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहका परिवारलाई राहत स्वरुप १० लाख रुपैंया उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

यो पनि पढ्नोस्

कर्फ्यूका बीच बरहथवामा प्रदर्शन चर्क्याे, दर्जनाैं राउण्ड अश्रुग्याँस र हवाई फायर (भिडिओ)

बरहथवामा पुन: कर्फ्यू आदेश जारी

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमा, जिल्ला प्रशासनमा छलफल हुँदै

बरहथवा घटनालाई लिएर कांग्रेसले जिल्लाभर राँके जुलुस निकाल्यो

सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार