logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बरहथवा घटनालाई लिएर कांग्रेसले जिल्लाभर राँके जुलुस निकाल्यो


  • उज्यालो अभियान

बरहथवा – घटनालाई लिएर नेपाली कांग्रेस र उसका भातृ संगठनले शनिाबर साँझ सर्लाहीका विभिन्न स्थानमा राँके जुलुस निकालेका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित हरिवनमा कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीको नेतृत्वमा राँके जुलुस निकालिएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको मागसहित राजमार्गमा राँके जुलुस निकालेर केहीबर चक्काजाम गरिएको कांग्रेस नेताहरुले बताएका छन् ।

होनाहार एक युवक मारिएको विरोधमा राँके जुलुस निकालेर प्रदर्शन गरिएको तरुण दलका केन्द्रिय सदस्य विभुसिंह थापाले जानकारी दिए । बरहथवा घटनालाई लिएर बयलवास, गोडैता, रामनगरसहित जिल्लाभर नै प्रदर्शन भएको कांग्रेस सर्लाहीले जनाएको छ ।