logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कर्फ्यूका बीच बरहथवामा प्रदर्शन चर्क्याे, दर्जनाैं राउण्ड अश्रुग्याँस र हवाई फायर (भिडिओ)


  • उज्यालो अभियान

सर्लाहीकाे बरहथवा स्थित ईलाका प्रहरी कार्यालयमा ढुंगामुढा गर्दै प्रदर्शनकारी तथा प्रहरीले प्रहार गरेकाे अश्रुग्याँसका कारण बनेकाे कुईरिमण्डल दृष्य । (तस्बिर तथा भिडिओ : सामाजिक संजाल)

बरहथवा, २२ पुस – जिल्ला प्रशासन कार्यालयले सर्लाहीकाे बरहथवा बजार क्षेत्रमा पून: कर्फ्यू आदेश जारी गरे पनि आईतबार दिउँसाे विराेध प्रदर्शन थप चर्कीएकाे छ ।

प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय बरहथवामा ढुंगामुढा गरिरहेका छन् । भिड नियन्त्रणका लागि प्रहरीले दर्जनाै राउण्ड हवाईफायर र अश्रुग्याँस प्रहार गरेकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले विराेध प्रदर्शन भड्किँदै गएकाे र नियन्त्रणकाे प्रयास भईरहेकाे बताए । उनले आन्दाेलनकारी नेतृत्व पक्षसँग सम्वाद जारी रहेकाे बताएका छन् ।

अहिले दिउँसाे जिल्ला प्रशासन कार्यालय मलंगवामा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवाल, नेपाल प्रहरी मधेश प्रदेश प्रमुख डीआईजी जनक भट्टराई, प्रजिअ धमला सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुकाे बैठक चलिरहेकाे छ ।

नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर बरहथवा बजार क्षेत्रमा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार लगायत विरोध प्रदर्शन भईरहेकाे छ । प्रहरीकाे गाेली लागेर स्थानीय जयशंकर साहकाे गत शुक्रबार दिउँसाे मृत्यु भएकाे थियाे । प्रदर्शनकारीहरुले मृतक साहकाे शव गाेली लागेकाे घटनास्थलमै राखेर विराेध जारी राखेका छन् । आईतबार बिहानबाट भिड अझै बढ्न थालेपछि प्रशासनले कर्फ्यू जारी गरेकाे थियाे ।

याे पनि पढ्नाेस्

बरहथवामा पुन: कर्फ्यू आदेश जारी

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमा, जिल्ला प्रशासनमा छलफल हुँदै

बरहथवा घटनालाई लिएर कांग्रेसले जिल्लाभर राँके जुलुस निकाल्यो

सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार