logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बसबरियामा चिसो प्रभावितलाई न्यानो कपडा प्रदान


  • उज्यालो अभियान

बसबरिया  – सर्लाहीको बसबरिया गाउँपालिकामा शुक्रबार चिसो प्रभावितलाई न्यानो कपडा प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको तर्फबाट सामुदायिक दीगो विकास सेवा समाजको सहकार्यमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बसबरिया गाउँपालिकामा चिसोबाट अतिप्रभावित परिवारका व्यक्तिलाई १५० थान ज्याकेट र १५० थान पाइन्ट प्रदान गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, सामुदायिक दीगो विकास सेवा समाज मलंगवाका कार्यक्रम निर्देशक वीरेन्द्रकुमार गुप्ता, सामाजिक विकास केन्द्रका संयोजक राजिव कुशवाहा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद यादवलगायतको पनि कार्यक्रममा उपस्थिति भएका जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश झाले जनाए ।

असाध्य कठ्यांग्रिदो चिसो हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले अति प्रभावित बस्तीमा न्यानो कपडा वितरण गर्न सुरु गरेको हो ।

यसअघि बिहीबार चक्रघट्टा गाउँपालिकाको पटेर्वास्थित मुसहर बस्तीका मुसहर समुदायलाई न्यानो कपडा प्रदान गरिएको थियो ।