logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

समाजसेवी कार्कीलाई मैनाली सेवा समाजको सम्मान


  • उज्यालो अभियान

हरिवन – समाजसेवी भरतकुमार कार्कीलाई मैनाली समाज नेपाल जिल्ला कार्य समिति सर्लाहीले सम्मान गरेको छ ।

हरिवनमा शुक्रबार सम्पन्न समाजको नवौँ वार्षिक साधारण सभा तथा चौंथो जिल्ला अधिवेशनमा बागमती सेवा समाज नेपाल र सामुदायिक रेडियो सर्लाहीका अध्यक्ष समेत रहेका हरिवन ८ निवासी समाजसेवी कार्कीलाई दोसल्ला ओढाई सम्मान–पत्रबाट सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मैनाली समाज नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिलमुनि मैनाली, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) लगायत भएर समाजसेवी कार्कीलाई सम्मान गरेका हुन् ।

यसअघि गत वर्ष पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानकी संचालक भवानी कोइरालालाई यो सम्मान प्रदान गरिएको थियो । समाजसेवी कार्कीसँगै कार्यक्रममा ७५ वर्ष पार गरेका मैनाली बन्धुभित्रका ३० जना ज्येष्ठ नागरिक र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उर्तिण हुने ४ विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।

साधारण सभाले केदाननाथ मैनाली अध्यक्ष, उत्तरकुमार मैनाली र विष्णुहरि मैनाली उपाध्याक्ष, डिल्ली मैनाली सचिव, प्रदीप मैनाली कोषाध्यक्ष र नेत्रप्रसाद मैनाली सहसचिव रहेको १७ सदस्यीय जिल्ला कार्य समिति तथा सागर मैनाली संयोजक रहेको आर्थिक समिति र प्रकाश मैनाली संयोजक रहेको युवा विभाग गठन गरेको छ ।

सभाकै अवसरमा राखिएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।