हरिवन – सर्लाहीको हरिवनमा शुक्रबार ३० औँ नारायण उप्रेती स्मृति दिवस मनाइएको छ ।
तत्कालिन हरिवन नगरपालिकाको प्रथम जननिर्वाचित गाविस अध्यक्ष उप्रेतीको त्यसबेला राज्य पक्षबाट निर्मम ढंगले २०४९ सालमा ज्यान लिइएको थियो । हरिवनस्थित पुरानो नगरपालिका कार्यायलको हाताभित्र उप्रेतीको शालिक छ ।
सोही शालिकमा माल्र्यापण गर्दै आयोजित कार्यक्रमको अध्यक्षता नारायण उप्रेती स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार उप्रेतीले गरेका थिए भने प्रतिनिधि सभाकी सदस्य सरस्वती सुब्बा प्रमुख अतिथि थिईन् । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, पूर्व प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, रामप्रसाद घिमिरे, चूडामणि वाग्लेलगायतले मन्तव्य राखे ।
कार्यक्रममा गत वर्ष हरिवन नगरभित्र एसईई तथा प्ल टूमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी र निवन्ध प्रतियोगितामा विजयी विद्यार्थी गरी ४६ जनालाई सम्मान गरिएको प्रतिष्ठानका महासचिव विदुरकुमार प्याकुरेलले जानकारी दिए ।