logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आश्रममा खाद्यान्न सहयोग र वृद्धवृद्धालाई भोजन


  • उज्यालो अभियान

नवलपुर – लायन्स क्लब अफ लालबन्दी सिटी र लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले शुक्रबार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा खाद्यान्न सहयोग गरेका छन् ।

लायन स्वर्गिय राजन कार्की (मिलन) को छेठौँ वार्षिक स्मृति दिवस तथा लायन्स क्बल अन्तराष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मदिनको अवसर पारेर लालबन्दी २ स्थित आश्रममा ४ बोरा चामल र त्यहाँ आश्रीत ५१ जना वृद्धवृद्धालाई शुक्रबार बिहानको मिष्ठान्न भोजन गराइएको हो । लायन्स क्लबले यसरी हरेक वर्ष आश्रममा सहयोग गर्दै आइरहेको छ ।

हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारको प्रमुख आतिथ्यतामा खाद्यान्न हस्तान्तरण एवं मिष्ठान भोजन गराइएको लायन्स क्बल अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

लायन्स क्लबका काउन्सिल चेयर पर्सन भरतप्रसाद ढुंगेल, लायन्स क्लब लालबन्दीका वर्तमान अध्यक्ष चिरन्जिवी खतिवडा, अन्य पदाधिकारी तथा सदस्य, पूर्व अध्यक्ष लगायत भएर आश्रममा पुगी उक्त सहयोग प्रदान गरेका हुन् ।