मलंगवा – सर्लाहीको चक्रघट्टा गाउँपालिका–७, पटेर्वास्थित मुसहर बस्तीमा बिहीबार १५१ थान ज्याकेट वितरण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको तर्फबाट चिसो प्रभावित १५१ जना मुसहरलाई एक÷एक थान ज्याकेट प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम आफै मुसहर बस्तीमा पुगी स्थानीय मुसहरहरुलाई ज्याकेट प्रदान गरेका जिल्ला प्रशासन कार्यालय मलंगवाले जनायो ।
यस्तै, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, चक्रघट्टा ७ का वडाध्यक्ष नवीन कुमार राय लगायत पनि उपस्थित थिए ।
बढ्दो चिसोले अतिविपन्न तथा पिछडिएको मुसहर समुदाय निकै प्रभावित बनिरहेका छन् ।